बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । साताको पहिलो कारोबारको दिन छापावाल र तेजाबी सुनको मूल्य आज प्रतितोला १ सय रुपैयाँले बढेको छ । छापावाल सुन प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १९ हजार २५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।









