image
image
प्रिमियम मूल्यमा एफपीओ जारी गर्दै हिमालयन बैंक

प्रिमियम मूल्यमा एफपीओ जारी गर्दै हिमालयन बैंक


काठमाडौं । हिमालयन बैंकले सर्वसाधारण सेयर धनीलाई प्रिमियम मूल्यमा सेयर जारी गर्ने भएको छ । एफपीओको मूल्य निर्धारण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश हुँदैछ ।

साधारण सभा पुस २९ गते आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।सभामा सर्वसाधारण सेयरधनीको आवश्यक सेयर अनुपात कायम गर्न प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पेश हुनेछ ।

हिमालयन बैंकले तत्कालीन सिभिल बैंकलाई गाभेको थियो । दोस्रो बजारमा अहिले हिमालयन बैंकको सेयर मूल्य प्रतिकित्ता दुई सय रुपैयाँभन्दा माथि छ । यस्तै संस्थापक सेयर धनीहरूको तर्फबाट ५ जना र सर्वसाधारणको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायत विवरणमा छलफल गरी पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्ने बैंकले जानकारी गराएको छ ।सभाले चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

पुस १९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । हिमालयन बैंकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।