image
image
एनआइसी एशिया बैंकको संस्थापक शेयर बिक्रीमा

एनआइसी एशिया बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एनआइसी एशिया बैंकको संस्थापक शेयर बिक्रीका लागि नागरिक लगानी कोषले गोप्य शिलबन्दी बोलपत्र जारी गरेको छ । कोषले एनआइसी एशिया बैंकको २ करोड रुपैयाँ बराबर शेयर बिक्री गर्ने भएको हो ।

कम्पनीले प्रति कित्ता न्यूनतम ८०० रुपैयाँका दरले २५ हजार कित्ता सेयर बिक्री गर्ने जनाएको छ।निवेदकले तोकिएको मूल्य भन्दा कम मूल्यमा आवेदन दिए त्यो आवेदन स्वत रद्द हुने बताइएको छ । न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ।

यो शेयर खरिद गर्न इच्छुकले पुस १६ गते कार्यालय समयभित्र गोप्य शिलबन्दी पेश गर्न सक्नेछन् । बोलपत्र फारम एनआइसी एशिया क्यापिटलसहित बैंकको केन्द्रीय कार्यालय र शाखा कार्यालयबाट प्राप्त गर्न सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।