image
image
प्रभु क्यापिटल लिमिटेडले ल्यायो आफ्ना हितग्राही ग्राहकका लागि विशेष अफर

प्रभु क्यापिटल लिमिटेडले ल्यायो आफ्ना हितग्राही ग्राहकका लागि विशेष अफर

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले आफ्ना हितग्राही ग्राहकका लागि विशेष अफर ल्याएको छ। प्रभु क्यापिटल र रिसेन्ट एन्ड रिदम टुर्स एन्ड ट्राभल्स (आरआर ट्राभल्स) बीच ३ वर्षका लागि आज पुस ८ गते सम्झौता भएको हो। सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र ट्राभल्सका तर्फबाट प्रबन्ध निर्देशक प्रकाश थापाले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका ग्राहकले आरआर ट्राभल्सले दिने सेवामा आर्कषक छुट अफर पाउने भएका छन्। काठमाडौंको उत्तरढोका ९२ स्थित लाजिम्पाटमा रहेको आरआर ट्राभल्सबाट आन्तरिक माउन्टेन फ्लाइट बुकिङमा १५ प्रतिशत तथा विभिन्न अन्तर्राष्ट्रिय फ्लाइटमा १० प्रतिशत विशेष छूट अफर पाउने भएका छन्।

यो अफरबाट लाभ लिन प्रभु क्यापिटलका हितग्राही ग्राहकले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण प्रस्तुत गर्नुपर्नेछ। जसका आधारमा आरआर ट्राभल्सले ग्राहकलाई विशेष छुट दिनेछन्।

प्रभु क्यापिटल मर्चेन्ट बैंकमा अग्रणी क्यापिटल हो। जसले समयानुसारको प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई मर्चेन्ट सेवा दिने, पुँजीबजारसँग सम्बन्धित सचेतना तथा तालिम कार्यक्रम गर्ने, आफ्ना प्रडक्ट तथा लगानी योजनासंगै सामाजिक उत्तरदायित्व वहन साथै यस्ता व्यावसायिक सम्झौतामार्फत आफ्ना ग्राहकलाई अतिरिक्त सेवा सुविधा दिँदै आइरहेको छ। प्रभु क्यापिटलमा हितग्राही खाता खोल्ने सुविधा प्रभु बैंकको जुनसुकै शाखाबाट पनि उपलब्ध रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।