image
image
आईपीओ निष्कासन गर्ने तयारीमा गर्दै जगदम्बा क्रेडिट एन्ड इन्भेष्टमेन्ट

आईपीओ निष्कासन गर्ने तयारीमा गर्दै जगदम्बा क्रेडिट एन्ड इन्भेष्टमेन्ट

काठमाडौं । जगदम्बा क्रेडिट एन्ड इन्भेष्टमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। साविकको जगदम्बा क्रेडिट एन्ड इन्भेष्टमेन्ट प्राइभेट लिमिटेड २०७९ असार ३१ गतेदेखि कम्पनीमा परिणत भएकाले सर्वसाधारणतर्फको समेत हिस्सा कायम गर्न सेयर निष्कासन गर्न लागिएको हो ।

कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २८ गते शनिबार हुने दोस्रो वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाण्डौमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीको गत पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्तावलगायत अन्य विविध प्रस्ताव पारितका लागि सभा गर्न लागेको हो । सभाले गत आर्थिक वर्ष २०७९– ०८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई समेत स्वीकृती प्रदान गर्नेछ । साथै सभाले आर्थिक वर्ष २०८०– ०८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।