हिमालयन रिइन्स्योरेन्सको आईपीओ आज बाँडफाँट गरिदै
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) आज बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बिहान १० बजे शेयर बाँडफाँट हुने छ। कम्पनीको शेयर ताज रिसेप्सन सुवर्ण शमशेर मार्ग बालुवाटारमा हुने क्यापिटलले जनाएको छ।
कम्पनीले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा दुई करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो ।कम्पनीको आईपीओमा १६ लाख ६१ हजार दुई सय ४२ जनाले आवेदन दिएका छन्। आवेदन दिएकाहरू सबैले आईपीओ पाउने निश्चित छ ।









