image
image
पहिलो पटक पोखरामा कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना हुँदै

पहिलो पटक पोखरामा कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना हुँदै


काठमाडौं । 'कृषिमा यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तनु भन्ने मूल नारा सहित पुस २० गतेदेखि २२ गतेसम्म गण्डकी प्रदेशको पोखरामा प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी गण्डकी, पोखरा ( २०८०) हुने भएको छ।

षि विकास निर्देशनालय गण्डकी प्रदेश पोखरा, पोखरा महानगरपालिका, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र ललितपुर र नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घको संयुक्त आयोजनामा यो प्रदर्शनी हुन लागेको हो।

प्रदर्शनीमा ४० भन्दा बढी स्टलमा कृषिका विभिन्न विधाहरूजस्तै ( कुखुरा पालन, माछा पालन, बाख्रा पालन, गाईभैंसीपालन, डेरी लगायतका नवीनतम औजार, उपकरण, मेसिन र प्रविधिहरू प्रदर्शन गरिनेछ।

यसले नेपालको कृषि क्षेत्रको यान्त्रीकरणमा सहयोग पु¥याउने र कृषकहरूलाई आधुनिक प्रविधिको अवलोकन एवम् जिज्ञासा मेट्ने अवसर प्रदान गर्ने आयोजकहरूले बताएका छन् । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।