image
image
धेरै डिजिटल कारोबार गर्ने भुक्तानी सेवा प्रदायेकको रुपमा खल्ती सम्मानित

धेरै डिजिटल कारोबार गर्ने भुक्तानी सेवा प्रदायेकको रुपमा खल्ती सम्मानित

काठमाडौं । एनसीएचएल (राष्ट्रिय क्लिअरिङ हाउस लिमिटेड) को १५ औं वार्षिकोत्सवको अवसरमा नेपालको अग्रणी डिजिटल वालेट खल्तीलाई सबै भन्दा धेरै डिजिटल कारोबार गर्ने भुक्तानी सेवा प्रदायक (पीएसपी) को रुपमा सम्मानित गरिएको छ।

तत्काल सुरक्षित, र भरपर्दो अनलाइन भुक्तानी सेवाहरु प्रदान गर्ने प्रतिबद्धताका लागि परिचित खल्ती नेपालको डिजिटल भुक्तानी परिदृश्यमा अग्रणी संस्थाको रूपमा देखा परेको छ। मोबाइल रिचार्ज, बिल भुक्तान, र टिकट बुकिंग सहित सेवाहरूको विस्तृत श्रृंखलाको साथ, खल्ती देशमा वित्तीय समावेशीकरणलाई बढावा दिन अग्रणी भूमिका निर्वाह गरि रहेको छ।

युवा पुस्ता मा निकैनै लोकप्रिय खल्ती डिजिटल वाल्लेट ले पछिल्लो समय फिल्म टिकटर इभेन्ट टिकेटिङ , क्यापिटल मार्केट को भुक्तानी , विभिन्न सरकारी सेवा हरुको भुक्तानी मा समेत अब्बल रुपमा काम गर्दै आहिरहेको छ ।

सम्मान प्रति कृतज्ञता ज्ञापन गर्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनाय खड्काले “नेपालमा वित्तीय समावेशीकरण सिर्जना गर्ने भिजनका साथ सुरू गरिएको खल्ती डिजिटल वालेटले अज्जै नबिनतम सेवा तथा सुबिधाहरु ल्याई निर्बाध डिजिटल भुक्तानीका समाधान प्रदान गर्ने प्रतिबद्धता जनाए।

आइएसओ २७००१ – २०१३ बाट मान्यता प्राप्त साथै विट्सा ग्लोबल इनोभेसन एण्ड टेक एक्सिलेन्स अवार्ड २०२२ बाट सम्मानित , खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा छ।

खल्तीमा देशभरिका ३१ लाख भन्दा बढी प्रयोगकर्ता एक लाख भन्दा बढी एजेन्ट, ६० हजार भन्दा मर्चेन्ट , ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था, १५०० भन्दा बढी सहकारीहरू र ३०० भन्दा बढी कर्मचारी को परिवारमा रूपान्तरण भएको छ।

सबै नेपालीमा वित्तीय साक्षरता पुर्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ(कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरूउपलब्ध गराउँदै आएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।