image
image
हकप्रद शेयर जारी गर्दै युनाइटेड मोदी हाइड्रोपावर, सिटिजन्स क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

हकप्रद शेयर जारी गर्दै युनाइटेड मोदी हाइड्रोपावर, सिटिजन्स क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त


काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त भएको छ। युनाइटेड मोदी हाइड्रोपावरको काठमाडौं कमलादीस्थित कार्यालयमा आज दुवै पक्षबीच हकप्रद शेयर निष्कासनसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा युनाइटेड मोदी हाइड्रोपावरका तर्फबाट अध्यक्ष नरेन्द्रबल्लभ पन्त र सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार सिटिजन्स क्यापिटलमार्फत निकट भविष्यमा युनाइटेड मोदी हाइड्रोपावरको हकप्रद शेयर साधारणसभाबाट पारिद भएपश्चात निष्कासन हुनेछ।युनाइटेड मोदी हाइड्रोपावरअन्तर्गतको पर्वत जिल्लास्थित रहेको १० मेगावाट उत्पादन क्षमता रहेको ‘तल्लो मोदी–१ जलविद्युत आयोजना’ २०६९ मंसिरदेखि नै सञ्चालनमा आइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।