image
image
रोयल इन्फिल्डले ल्यायो ३५० सीसीको मिटिओर बाइक

रोयल इन्फिल्डले ल्यायो ३५० सीसीको मिटिओर बाइक


काठमाडौं । रोयल इन्फिल्डले नेपाली बजारमा मिटिओर ३५० सीसीका तीन नयाँ मोटरसाइकल पुनः सार्वजनिक गरेको छ । रोयल इनफिल्डका बाइकको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले काठमाडौंको नक्सालस्थित शोरुममा बुधबार मिटिओर फायरबल, मिटिओर स्टेलर र मिटिओर सुपरनोभा सार्वजनिक गरेको हो ।

जे प्लेटफर्ममा निर्मित यी मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–आयल कुल्ड रहेको कम्पनीले जनाएको छ । उक्त इन्जिनले अधिकतम ६१०० आरपीएममा २०।२ ब्रेकर्स पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्ने र डुअल डिस्कब्रेक दिने जानकारी कम्पनीले दिएको छ ।

१५ लिटर फ्युल ट्यांक क्षमताका यी मोटरसाइकलले प्रति लिटर औसत ४० किलोमिटर माइलेज दिने पनि जनाइएको छ । कम्पनीले मिटिओर फायरबलको मूल्य ५ लाख ५० हजार, मिटिओर स्टेलरको ५ लाख ५५ हजार र मिटिओर सुपरनोभाको मूल्य ५ लाख ६५ हजार तोकेको छ । कम्पनीले बिक्रीका लागि सबै भेरियन्टको बुकिङ समेत खुला गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।