image
image
ट्रेड एक्स्पोमा करोबार बढ्यो

ट्रेड एक्स्पोमा करोबार बढ्यो

काठमाडौं । कोशी प्रदेशको राजधानी विराटनगरमा जारी मोरङ व्यापार संघ ट्रेड एक्स्पोमा १० करोड ५५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । एक्स्पो सुरु भएको ८ दिनको अवधिमा साँढे १० करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ । हालसम्म एक्स्पोमा १ लाख ६५ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।

एक्स्पोमा विशेषगरी नेपालको अल्लो कपडा, किवी, सख्खर लगायत स्वदेशी दैनिक उपभोग्य उत्पादन र प्लाष्टिकका भाँडा वर्तन आदि विशेष छुटमा बिक्री भइरहेको आयोजकले जनाएको छ ।

यसैगरी, भारत, पाकिस्तान तथा बंगलादेशका कपडा, छालाका सामग्री, भान्सामा प्रयोग गरिने सामग्री लगायतका स्टलहरुमा पनि भीडभाड देखिने गरेको छ । गत पुस ६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको एक्स्पो पुस १६ गते सम्म सञ्चालन हुने संयोजक अनिलकुमार साहले बताए ।

मुलुकको विद्यमान शिथिल आर्थिक गतिविधिलाई चलायमान बनाउनुका साथै नेपाल व्यापार रणनीतिअन्तर्गत पहिचान गरिएका प्रदेशका वस्तुहरुको राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारीकरण एवं कोशी प्रदेशका पर्यटकीय तथा धार्मिक गन्तव्यहरुको प्रचार प्रसार गर्ने उद्देश्य एक्स्पोको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।