image
image

यस्तो छ मोबाइल एपमार्फत सेवा लिने यात्रुलाई यतीको अफर

काठमाडौं। यती एयरले मोबाइल एपमार्फत सेवा विस्तारको उद्देश्यले यात्रुलाई लक्षित योजना सार्वजनिक गरेको छ। कम्पनीको मोवाइल एप डाउनलोड गरी रजिष्टर गर्ने यात्रुले अनलाइन फुड डेलिभरी सर्भिस  फुडमाण्डूमार्फत् खाना अर्डर गर्दा १५ प्रतिशत सहुलियत प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ। 

'यति मिठो अफर' नाम दिइएको यस योजना अन्तर्गत फुडमाण्डूबाट खाना अर्डर गर्दा एप डाउनलोड गरेपछि प्राप्त हुने एउटा युनिक कोड प्रयोग गर्न सकिने कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले बताएक छन्।

यो सहुलियत प्राप्त गर्नका लागि कोड प्राप्त भएको १० दिनभित्र खानेकुरा अर्डर गर्नु पर्ने हुन्छ। यो योजना हाल तीन महिनासम्म लागू गरिएको छ बर्तौलाले भनेका छन्।

यात्रुलाई बढी राम्रो खल्को सुविधा दिने उद्देश्यले कम्पनीले विभीन्न साझेदारी निकायसँग सहकार्य गर्ने क्रममा फुडमाण्डुसँग सम्झौता गरेको कम्पनीले बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।