image
image
घोराही सिमेन्टले बोलायो साधारणसभा, यस्ता छन् एजेण्डा

घोराही सिमेन्टले बोलायो साधारणसभा, यस्ता छन् एजेण्डा


काठमाडौं । घोराही सिमेन्टको पुस २८ गते शनिबार वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले सभामा लाभांश प्रस्ताव पनि पारित गर्ने भएको छ । साथै, सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

सभाले हाल कामय चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। उक्त बोनस सेयर वितरण गर्दा हुन आउने खन्डित सेयरलाई पछि समायोजन गर्ने गरी यथावत राख्ने विशेष प्रस्ताव पनि पारित गरिने एजेन्डा छ। 

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गरिसकेको छ । होटल पौवा दाङ, घोराही उप महानगरपालिका वडा नं १५ मा बिहान ९ बजे सुरु हुनेछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।