image
image

व्यवसायीलाई नाडाको कर, भन्सार तथा भीसीटीएससम्बन्धी प्रशिक्षण

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले कर, भन्सार तथा भीसीटीएस सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । ६९औँ विश्व भन्सार दिवसको अवसरमा भन्सार विभागका महानिर्देशक सुमन दाहालको प्रमुख आतिथ्यतामा एक दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । यो समाचार आर्थिक दैनिकमा प्रकाशित छ ।

अटोमोबाइल व्यवसायीहरूले आफनो व्यवसाय सञ्चालन गर्ने क्रममा कर, भन्सार तथा भीसीटीएससम्बन्धी यावत् समस्याहरू भोग्दै आइरहेकोले त्यसबारे जानकारी गराउनका लागि कर, भन्सार तथा भीसीटीएससम्बन्धी प्रशिक्षण कार्यक्रमको आयोजना गरेको नाडाले जनाएको छ ।

कार्यक्रममा भन्सार विभागका महानिर्देशक दाहालले अटोमोबाइल व्यवसायीहरूलाई कर, भन्सार तथा भीसीटीएससम्बन्धी आवश्यक जानकारी दिएका थिए । कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले यस्तो कार्यक्रमहरूले व्यवसायीहरूलाई आवश्यक सूचना तथा जानकारीहरू प्राप्त हुनुका साथै व्यवसाय विस्तार गर्न थप सहज समेत हुने भएकोले नाडाले विगतदेखि नै राजधानी र प्रदेशस्तरमा प्रशिक्षण कार्यक्रम गर्दै आएको जानकारी दिए ।

उक्त प्रशिक्षण कार्यक्रममा भन्सार विभागका तर्फबाट निर्देशक ज्ञानेन्द्र ढकाल, आन्तरिक राजस्व विभागबाट निर्देशक सुर्यप्रसाद पोखरेल तथा राजस्व अनुसन्धान विभागका निर्देशक शिव शर्माले प्रशिक्षण दिएका थिए । त्यसैगरी नाडाकातर्फबाट सीए साहिल अग्रवालले प्रशिक्षण दिएका थिए । कार्यक्रममा नाडाका कुल ४६ सदस्य कम्पनीहरूको उपस्थिति रहेको थियो । सो कार्यक्रममा नाडाका अध्यक्ष दुलालले भन्सार विभागका महानिर्देशक दाहाललाई मायाको चिनो प्रदान गरेका थिए ।

त्यसैगरी, अध्यक्ष दुलालले सो कार्यक्रममा सहभागी ४६ जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र समेत वितरण गरे । उक्त कार्यक्रममा नाडाका उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र कुमार उपे्रती, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रिय कार्यसमिति सदस्यहरू अभिक ज्योति, धु्रव बहादुर थापा, सुरज भट्टराई र कपिल सिवाकोटीलगायतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।