image
image
अरुण काबेलीको तेर्हौं वार्षिक साधारणसभा सम्पन्न

अरुण काबेलीको तेर्हौं वार्षिक साधारणसभा सम्पन्न


काठमाडौं । अरुण काबेली पावर लिमिटेडको तेर्हौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।काठमाडौंको नयाँबानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको मैत्री हलमा कम्पनीका अध्यक्ष रमेश प्रसाद न्यौपानेको अध्य्क्षतामा सम्पन्न भएको हो।

साधारणसभाबाट आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गर्नुका साथै लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्दै लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण पनि गरेको छ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ रहेको छ । अरुण काबेली पावर लिमिटेड कम्पनीले कोशी प्रदेशको पाँचथर र ताप्लेजुङ्ग जिल्ला बीच भई बहने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको कावेली बी–१ जलविद्युत परियोजनाक २०७६ आश्विन १६ गते देखि राष्ट्रिय ग्रीडमा विद्युत आपुर्ति गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।