image
image
नेपाल पुनर्बिमा कम्पनीको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक

नेपाल पुनर्बिमा कम्पनीको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक


काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो ।कम्पनीले चौथो त्रैमाससम्म आइपुग्दा निर्जीवन र जीवन बिमा व्यवसायतर्फ खुद नाफा बढेको जानाएको छ ।

जसअनुसार अघिल्लो वर्ष ५६ करोड ५० लाख ४४ हजार रुपैयाँ रहेको र निर्जीवन बिमा व्यवसायतर्फको खुद नाफा गत वर्षको चौथो त्रैमासमा ९१ करोड २० लाख १६ हजार रुपैयाँ पुगेको जानाएको हो ।

यता, अघिल्लो वर्ष यसैअवधिमा जीवन बिमा व्यवसायतर्फ १० करोड ८८ लाख ३४ हजार रुपैयाँ नाफामा कमाएको यस कम्पनीले गत वर्ष चौथो त्रैमाससम्ममा १७ करोड ६६ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्ष असार ममसान्तसम्म यस कम्पनीले निर्जीवन व्यवसायबाट ५ अर्ब ५० करोड ९६ लाख ५० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ८ अर्ब ८७ करोड ६७ लाख ७१ हजार रुपैयाँ निर्जीवन व्यवसायबाट खुद बिमा शुल्क आर्जन गरेको थियो । त्यस्तै गत वर्षको चौथो त्रैमाससम्ममा जीवन बिमा व्यवसायबाट २ अर्ब १ करोड ३० लाख ४७ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा जीवन बिमा व्यवसायबाट १ अर्ब ८८ करोड ९८ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यस अवधिसम्म पुनर्बिमा कम्पनीको चुक्ता पुँजी १२ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।

गत वर्षको असार मसान्तसम्म यस कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ३ अर्ब ४३ करोड ६१ लाख १७ हजार रुपैयाँ र जीवन बिमातर्फ ७१ करोड १९ लाख ८४ हजार रुपैयाँ जम्मा भएको छ । निर्जीवन बिमा कोषको आकार ३ अर्ब ४७ करोड ६९ लाख २९ हजार रुपैयाँ रहेको छ । जीवन बिमा कोषको विवरण भने रिपोर्टमा उल्लेख छैन । चौथो त्रैमाससम्म यस कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ८ रुपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ५९ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।