image
image
उद्योगहरुमा काटिएको विजुली जोडिदिने प्राधिकरणको निर्णय

उद्योगहरुमा काटिएको विजुली जोडिदिने प्राधिकरणको निर्णय


काठमाडौं। करौडौँ बक्यौता नबुझाएका उद्योगको विजुली काटिदिएको नेपाल विद्युत् प्राधिकरण अन्ततः आफ्नो निर्णयबाट पछि हटेको छ । ५ करोड रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी रहेका २४ उद्योगको लाइन काटेको प्राधिकरणले बक्यौता नउठाइ लाइन जोडिदिने निर्णय गरेको छ । 

६१ वटा उद्योगले २४ अर्बभन्दा धेरे बक्यौता तिर्न बाँकी रहेको बताउँदै आएको प्राधिकरणमाथि काटिएको लाइन जोड्न दबाब आइरहेको बताइएका बेला सो निर्णय भएको हो । 

प्राधिकरणले लाइन काट्ने भएपछि उद्योगीहरु विभिन्न राजनीतिक दलका नेताहरु गुहार्न पुगेका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्डको पनि ध्यानाकर्षण गराएका थिए । तर, केही समय दिए पनि बक्यौता रकम नबुझाएपछि धमाधम लाइन काटेको प्राधिकरण अन्ततः आफ्नो कदमबाट पछि हटेको छ । शुक्रबार बसेको नेपाल विद्युत् प्राधिकरण संचालक समितिले काटिएका उद्योगको लाइन जोड्ने निर्णय गरेको हो । 
 
काटिएको लाइन जोड्ने मन्त्रिपरिषद निर्णयको पत्र आएपछि प्राधिकरण आफ्नो निर्णयबाट पछि हट्नु परेको हो । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता छानबिनका लागि मन्त्रिपरिषदको बैठकले समिति बनाएको छ भने उद्योगहरूको काटिएको बिजुली हाललाई जोड्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।