image
image
अबको बजेटमा घरेलु उत्पादन र सामग्रीहरुलाई बढावा दिने नीति चाहिन्छ : अध्यक्ष ढकाल

अबको बजेटमा घरेलु उत्पादन र सामग्रीहरुलाई बढावा दिने नीति चाहिन्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अबको बजेटमा घरेलु उत्पादन र सामग्रीहरुलाई बढावा दिने नीति आउनुपर्ने बताएका छन् । नेपाल हस्तकला महासंघको ४३औं वार्षिक साधारण सभामा उनले छरिएर रहेका साना लगानीलाई समेटेर सम्भावित आयोजनाहरुलाई अगाडि बढाएर घरेलु उत्पादनको सुरुवात गर्नुपर्ने बताए ।

उनले भने, ‘अबको बजेट प्रक्रियामा घरेलु उत्पादन र सामानहरुलाई बढावा दिने हिसाबको नीतिहरु आउनुपर्छ भनेर आग्रह गर्न चहान्छु । छरिएर रहेको लगानीलाई उत्पादनमा, उत्पादनशील क्षेत्रमा लगाउनुपर्छ ।’व्यवसायीहरुलाई प्रोत्सहान र हौसला प्रदान गर्ने खालको नीतिहरु ल्याउने हो भने सरकारको लगानीबिना नै योजनाहरु सम्पन्न हुनसक्ने पनि उनको भनाई छ ।

उनले व्यवसायीहरुलाई पनि हरेक कुरालाई नकारात्मक रुपमा नलिन पनि आग्रह गरे । उनले भने, ‘व्यवसायीहरुलाई मेरो अर्को आग्रह के छ भने सबै कुरालाई नकारात्मक रुपमा लिनु हुदैँन् । अगाडि बढेका विषयलाई पनि सकरात्मक रुपमा लिएर अगाडि बढ्न सक्नुपर्छ । आउने दिनहरुमा योभन्दा नराम्रो अवस्था आउछ जस्तो लाग्दैन् । त्यसकारण हरेक व्यक्तिले सकारात्मक हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।