image
image
माघमा कुन बैंकले कति ब्याज दिन्छन् ? यस्तो छ घट्दो ब्याजदर

माघमा कुन बैंकले कति ब्याज दिन्छन् ? यस्तो छ घट्दो ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरुको माघ महिनाका लागि नयाँ ब्याजदर निर्धारण भएको छ । अधिकांश बैंकले ब्याजदर घटाएका छन् । पुसको तुलनामा माघमा व्यक्तिगत मुद्दति निक्षेपमा व्याजदर औसतमा ०.८२४०५ प्रतिशत र संस्थागत मुद्दतिमा औसतमा ०.७६४५५ प्रतिशतले ब्याजदर घटाएका छन् । पुस महिनामा बैंकहरूको औसत ब्याजदर व्यक्तिगततर्फ ८.९९१०५ थियो भने अब माघका लागि ८.१६७ प्रतिशत निर्धारण भएको छ ।

त्यस्तै, संस्थागततर्फ पुसमा ६.८८८०५ प्रतिशत रहेकोमा अब घटेर ६.१२३५ कायम भएको छ । व्यक्तिगततर्फ २० वटा वाणिज्य बैंकमध्ये १८ वटा बैंकले ब्याजदर घटाएका छन् भने दुई वटाको ब्याजदर यथावत छ । संस्थागततर्फ पनि उही अवस्था छ । नेपाल एसबीआई बैंकले पुसको तुलनामा १.३५ प्रतिशत ब्याजदर घटाएको छ ।

एसबीआईको ब्याजदर पुसमा व्यक्तिगततर्फ ९.६ प्रतिशत थियो । तर अब माघमा घटेर ८.६ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थागततर्फ पुसमा ७.६ प्रतिशत रहेकोमा माघमा घटेर ६.२५ प्रतिशत मात्रै कायम भएको छ । पुसको तुलनामा प्राइम कमर्सियल बैंकले १.९ प्रतिशत ब्याजदर घटाएको छ ।

त्यस्तै, कृषि विकास बैंकले १.२५, लक्ष्मी सनराइजले १, माच्छापुच्छे्रले १.६, सिद्धार्थले १.१५ र कुमारी बंैकले १.२ प्रतिशत ब्याजदर घटाएका छन् । माघ महिनाका लागि कृषि विकास बैंकले व्यक्तिगततर्फ ७.२६ प्रतिशत र संस्थागततर्फ ५.७६ प्रतिशत व्याजदर कायम गरेको छ ।

त्यस्तै, नेपाल बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ । एभरेष्ट बैंकले व्यक्तिगततर्फ ८ र संस्थागततर्फ ६ प्रतिशत, लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ८ र संस्थागततर्फ ६ प्रतिशत, प्रभु बैंकले व्यक्तिगततर्फ ८.०६५ र संस्थागततर्फ ६.०६५ प्रतिशत र एनआइसी एसियाले व्यक्तिगततर्फ ८.०६५ र संस्थागततर्फ ६.०६५ प्रतिशत ब्याजदर कायम राखेका छन् ।

त्यस्तै, राष्ट्रिय बाणिज्य बैंकले व्यक्तिगत तर्फ ८.०७ र संस्थागतर्फ ६.०७ प्रतिशत, स्ट्याण्डडर्ड चाटर्ड बैंकले व्यक्तिगत ८.०७ र संस्थागततर्फ ५.२५ प्रतिशत व्याजदर कायम गरेका छन् । त्यस्तै, प्राइम कमर्सियल बैंक, नबिल बैंक, सिद्धार्थ बैंक र ग्लोबल आइएमई बैंकले समान व्यक्तिगततर्फ ८.१ र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।