image
image
यस्तो छ आज तरकारीको तथा फलफुलको बजार भाउ

यस्तो छ आज तरकारीको तथा फलफुलको बजार भाउ


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफुलको मुल्य सार्वजनिक गरेको छ । जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८०, कालो अंगुर २८०, केरा १३० रुपैयाँ दर्जन, अनार २५०, किवी ३००, आभोकाडो २५०, अमला ८० र अम्बा १२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५०, लोकल सानो गोलभेडा १५, अदुवा १५०, रातो आलु ३६, रातो भारतिय आलु ३० रूपैयामा कारोबार हुदाँ स्थानीय काउली ३५, कागती १४०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ५० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ३५, लौका ६०, लोकल सेतो मूला र रातो मूला १०, लोकल घिउ सिमी ४०, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ४० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग र रायोको साग ४०, चमसूर, पालूगो, मेथी, सौफको साग ९० र जिरीको साग ८० रुपैयाँमा कारोबार हुनेछ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७८, चाइनिज प्याज ६०, हरियो प्याज ११० र पुदीना ३२० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २४०, हरियो लसुन १२०, नेपाली सुकेको लसुन २६० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने डल्ले भान्टा र लाम्चो भान्टा ५० र हरियो धनिया १०० रुपैयाँ पाइने समितले जनाएको छ । उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २६०, रहु माछा ३६० र मंगुरी माछा ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।