image
image
एनआइबीएल स्टेबल फन्डमा आवेदन दिने म्याद थप

एनआइबीएल स्टेबल फन्डमा आवेदन दिने म्याद थप

काठमाडौं । एनआइबीएल स्टेबल फन्डमा आवेदन दिने म्याद थप गरिएको छ । फण्ड निर्धारित समयमा बिक्री नभएपछि समय थपेर माघ १६ गतेसम्मका लागि आवेदन दिने समय अघि सारिएको हो । अब लगानीकर्ताले यसमा माघ १६ गतेसम्म आवेदन दिन सक्नेछन् । एनआइएमबी एस क्यापिटलले माघ २ गतेदेखि यस म्युचुअल फन्ड बिक्री खुला गरेको हो ।

एनआइबीएल स्टेबल फन्डले कुल १० करोड इकाई बिक्री खुला गरेको हो ।जसमध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटललाई छुट्याइएको छ ।

यस्तै, १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सुरक्षित गरेको छ । बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।यो बन्दमुखी योजना हो । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ ।

न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइएमबी एस क्यापिटलले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।