image
image
बढ्यो हिमालयन बैंकको नाफा, कति कमायो ?

बढ्यो हिमालयन बैंकको नाफा, कति कमायो ?

काठमाडौं । हिमालयन बैंकको नाफा वृद्धि भएको छ । ६ महिनामा बैंकको नाफा ५७ प्रतिशत बढेको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषको आकार पनि १८.२२ प्रतिशत बढाएर १७ अर्ब ९८ करोड ८३ लाख रुपैयाँ पुर्याएको छ ।

समिक्षा अवधिमा बैंकले १ अर्ब ५० करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ५७.५३ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकले ९५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो।

बैंकको संचालन नाफा र खुद ब्याज आम्दानीमा आएको बढोत्तरीले नै खुद नाफा वृद्धिमा टेवा पुगेको हो । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा ५९.५० प्रतिशतले बढेर ५ अर्ब ८२ रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ८.२५ प्रतिशत बढेर २ खर्ब ९८ अर्ब ३ करोड ३१ लाख रुपैयाँ पुगेको छ । यस्तै, कर्जा लगानी पनि ३.९६ प्रतिशत बढाएर २ खर्ब ३६ अर्ब ४० करोड ९ लाख रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा ४.९५ प्रतिशत पुगेको छ । गत आवको दोस्रो त्रैमासमा बैंकसँग ३.७७ प्रतिशत मात्रै खराब कर्जा थियो ।

समिक्षा अवधिमा बैंकको संचालन नाफा पनि ५९.२१ प्रतिशत बढेर २ अर्ब २१ करोड १७ लाख रुपैयाँ कायम भएको छ । तर, बैंकको वितरणयोग्य नाफा भने ४ अर्ब ५२ करोड ३३ लाख रुपैयाँ ऋणात्मक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।