image
image
दोस्रो त्रैमासः ग्लोबल आइएमई बैंकले कमायो २ अर्ब ४ करोड नाफा

दोस्रो त्रैमासः ग्लोबल आइएमई बैंकले कमायो २ अर्ब ४ करोड नाफा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.५७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.९९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४४.५४ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३९.२२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २५.०८ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा २.९२ प्रतिशतबाट बढेर ४.६८ प्रतिशत पुगेको छ। जसका कारण इम्पेरमेन्ट चार्ज १ अर्ब १२ करोडबाट बढेर ४ अर्ब १३ करोड पुगेको छ। पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २७ करोड रुपैयाँ ऋणात्मक रहको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ७६ पैसा घटेर ११ रुपैयाँ ३१ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १८.१३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ४० पैसा रहेको छ।

३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २० अर्ब ७३ करोड ९१ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले ४ खर्ब ५४ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।