image
image
६ महिनामा साढे ५ हजार विद्युतीय गाडी नेपाल भित्रिए

६ महिनामा साढे ५ हजार विद्युतीय गाडी नेपाल भित्रिए


काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा साढे ५ हजार विद्युतीय गाडी नेपाल भित्रिएका छन्। भन्सार विभागको तथ्यांकअनुसार पुस मसान्तसम्म विद्युतीय कार र बस गरी ५ हजार ५४६ वटा भित्रिएका हुन्।

नेपाल भित्रिनेमा सबैभन्दा बढी ५१ देखि १०० किलोवाटसम्मका गाडी छन्। बीवाइडीको अट्टो ३, टाटाको नेक्सन, सेसेर ३ लगायतको मोडल यो वर्गमा पर्छन्। दोस्रोमा ५० किलोवाटसम्मका विद्युतीय कार २ हजार ५६ वटा भित्रिएका छन्। १०० किलोवाटदेखि २०० किलोवाटसम्मका कार भने ६८ वटा मात्रै भित्रिएका छन्।

२५ सिटमाथिका ११ वटा विद्युतीय बस भित्रिएका छन्। १५ देखि २५ सिटसम्मका ६७ वटा र ११ देखि १४ सिटसम्मका १८९ वटा विद्युतीय गाडी भित्रिएको भन्सार विभागले जनाएको छ। कुल १३ अर्ब ९७ करोड रुपैयाँका विद्युतीय बस आयात भएका छन्। यसमध्ये विद्युतीय बस ८५ करोड रुपैयाँका मात्रै आयात भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।