image
image
सुस्तायो पाम र भटमासको तेलको समग्र व्यापार

सुस्तायो पाम र भटमासको तेलको समग्र व्यापार


काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय व्यापार सङ्कुचनमा परेको छ । सबैभन्दा धेरै आयातनिर्यात हुने शीर्ष पाँचमध्ये पर्ने पाम र भटमासको तेलको समग्र व्यापार अघिल्ला दुई आर्थिक वर्षमा सुस्ताउँदा निर्यात सुस्ताएको हो ।

कच्चा पाम र भटमास आयात गर्ने र त्यसलाई प्रशोधनमार्फत भारत निर्यात गरेर प्रशस्त आम्दानी भइरहेकामा भारतको एउटा नीतिका कारण यी दुवैको नेपालबाट हुने व्यापार खस्किएको हो । यसैगरी छ महिनाको अवधिमा छिमेकी मुलुक भारतबाट ४ खर्ब ७४ अर्ब ८९ करोड ४१ लाख रुपियाँ बराबरको आयात भएकामा निर्यात भने ५० अर्ब ४४ करोड ५१ लाख रुपियाँ बराबरको भएको छ ।

आयात उच्च भए पनि निर्यात न्यून हुँदा भारतमा चार खर्ब २४ अर्ब ४४ करोड ८९ लाख रुपियाँ व्यापार घाटा रहेको छ । यस्तै सो अवधिमा अर्को छिमेकी मुलुक चीनबाट एक खर्ब ४७ अर्ब ३९ करोड ६४ लाख रुपियाँ बराबरको आयात हुँदा एक अर्ब ६० करोड ६३ लाख रुपियाँ बराबरको निर्यात भएको छ । आयात बढ्दै गए पनि निर्यात न्यून हुँदा चीनमा एक खर्ब ४५ अर्ब ७९ करोड एक लाख रुपियाँ व्यापार घाटा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।