image
image
शेयर बजारमा दोहोरो अंकको गिरावट

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । आज शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३१ दशमलव ४९ अंकले घटेर २,०९८ को विन्दुमा कायम भएको छ । आज ३६ कम्पनीको मुल्य बढेको छ भने २०९ कम्पनीको मुल्य घटेको छ । आज ट्रेडिङ बाहेक सबै उपसूचक घटेका छन् । आज सबैभन्दा धेरै हाइड्रोपावर उपसूचक घटेको छ । यस उपसूचक २ दशलमव २४ प्रतिशत घटेको हो ।

आज दिनभरिमा ३०७ कम्पनीको १ करोड ८० लाख ४३ हजार २४४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७८ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज ङादी ग्रुप पावर कम्पनीको ३१ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज अपी पावर कम्पनीको २४ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपर साङ्गे हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ४६ प्रतिशतका दरले कमाएका छन् । आशा लघुवित्तका लगानकिर्ताले ६ दशलमव ६९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै दोर्दी खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ३३ प्रतिशतका दरले गुमाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।