image
image
नेपालले निर्यात गर्यो ७ अर्ब रुपैयाँको चिया तथा कफी

नेपालले निर्यात गर्यो ७ अर्ब रुपैयाँको चिया तथा कफी

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ६ महिनामा ७ अर्ब रुपैयाँको कफी तथा चिया निर्यात गरेको छ । भन्सार विभागका अनुसार ७ अर्ब २४ करोड ४६ लाख ५६ हजार रुपैयाँको कफी, चिया लगायत वस्तु निर्यात गरेको हो । ७ अर्ब २४ करोड ४६ लाख ५६ हजार रुपैयाँको कफी, चिया लगायत वस्तु निर्यात गर्दा ५ अर्ब ६८ करोड ११ लाख ५३ हजार रुपैयाँको आयात गरेको छ ।

नेपालले अन्य कृषिजन्यवस्तुमा घाटा ब्यहोरेपनि कफी, चियामा नाफा निकालेको छ । ६ महिनाको अवाधिमा १ अर्ब ५६ करोड ३५ लाख ३ हजार रुपैयाँ ब्यापार नाफा देखिएको विभागले जनाएको छ । सरकारले सो कारोबारबाट १ अर्ब ५४ करोड ७१ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपालबाट अस्ट्रेलिया, फ्रेन्स, जापान, कोरिया, नेडरल्याण्ड, जर्मनी लगायत मुलुमा कफी र चिया निर्यात गरिन्छ भने अस्ट्रेलिया, चीन, भारत लगायत मुलुकबाट आयात गरिने विभागको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।