हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि माघ १४ गते बुक क्लोज गर्ने भएको छ ।
गत वर्षको नाफाबाट यस इन्स्योरेन्सले ८.६३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.३७ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ ।
उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले माघ २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा बानेश्वर ब्यांकेट थापागाँउ काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।









