image
image
ओरालो लाग्यो शेयर बजार, यी हुन् सबैभन्दा बढी कारोबार भएका कम्पनी

ओरालो लाग्यो शेयर बजार, यी हुन् सबैभन्दा बढी कारोबार भएका कम्पनी

काठमाडौं । साताको अन्तिम कारोबराको दिन पनि शेयर बजार सामान्य अंकले ओरालो लागेको छ । आज शेयर बजार नेप्से परिसूचक ३ दशमलव ९४ अंकले घटेर २,०८४ को विन्दुमा कायम भएको छ । आज ९१ कम्पनीकिो शेयर मुल्य बढेको छ भने १४१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा ३०४ कम्पनीको १ करोड १६ लाख ८९ हजार ९५५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज पनि सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको १९ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावरको ९ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सामलिङ पावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ दशलमव ७९ प्रतिशतका दरले कमाएका छन् । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ दशलमव १२ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै सिटिजन्स म्युचुअल फण्डका इकाईधनीले गुमाएका छन् । आज यस फण्डका इकाईधनीले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।