image
image
लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिटले ल्यायो भ्रमण वर्षलाई लक्षित गर्दै विशेष छुट अफर

लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिटले ल्यायो भ्रमण वर्षलाई लक्षित गर्दै विशेष छुट अफर


काठमाडौं । भरतपुर महानगरपालिका–६ देवनगरमा रहेको लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट (एलटिके) ले भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै विशेष छुट अफर ल्याएको छ ।एलटिकेका प्रबन्धक राजेश शर्मा आचार्यका अनुसार विशेष छुट सहित एक जोडीका लागि पाँच हजार रुपैयाँको आकर्षक प्याकेज घोषणा गरिएको हो ।

विशेष प्याकेज अन्तर्गत एक जोडीलाई होटलमा कोठाका साथै बिहानको नास्ता तथा बिहान र बेलुकीको खाना सुविधा उपलब्ध गराइने आचार्यले बताएका छन । एलटिकेले भ्रमण वर्षको अवसर पारेर घोषणा गरेको छुट अफरमा जंगल सफारी, विभिन्न सामाजिक संघ संस्थाहरु सँगको समन्वयमा विभिन्न भाषा भाषी तथा संस्कृति झल्कने कार्यक्रम गरिने आचार्यको भनाइ छ । जोडी बाहेक आउने व्यक्तिहरुका लागि समेत विशेष छुट सहित खाने र बस्ने तथा विभिन्न प्याकेजहरु प्रदान गरिने आचार्यले बताए ।

भरतपुर महानगरपालिका–६ देवनगर, चम्पानगरस्थित एलटिके चितवन भरतपुरको व्यस्त बजारदेखि भित्र एकान्त र शान्त वातावरणमा अवस्थित छ । रिसोर्टमा संघ संस्थाका कार्यक्रम, विवाह, रिसेप्शन पार्टी, जन्मदिनका कार्यक्रम, पारीवारिक जमघट तथा सांगीतिक कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् । उक्त रिसोर्टमा बच्चादेखि वृद्ध उमेर समूहका सबै पाहुनाहरुका लागि फेमली कटेज समेत रहेको छ ।

समूहमा आउने पर्यटकहरुको मनोरञ्जनका लागि विभिन्न समुदायका धर्म र संस्कृति अनुसारका कार्यक्रम गरिने आचार्यका भनाइ छ । रिसोर्टमा २२ वटा सुविधा सम्पन्न डिलक्स रुम छन् । एउटा पार्टी हल रहेको रिसोर्टमा योग र ध्यानका लागि ८० जना क्षमताको छुट्टै हलसमेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।