image
image
अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन एशोसिएशनको  माग

अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन एशोसिएशनको  माग


काठमाडौं । नाडा अटो मोबाइल एशोसिएशनले अटो लोनरहायर पर्चेज कर्जामा जोखिम भारलाई १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गर्न माग गरेको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गर्न पुगेका नाडाका प्रतिनिधिले अटोमोवाइल व्यवसायलाई पुनः गतिशील बनाउन अटो लोनरहायर पर्चेज कर्जामा जोखिम भारलाई १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गर्न माग गरेका हुन् ।

नाडाका अध्यक्ष करण चौधरी नेतृत्वको टोलीले प्रधानमन्त्रीसँग बैंकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रक्रियामा लोन टु भ्याल्यु रेसियोको हालको ५० प्रतिशतको सिमालाई वृद्धि गरेर ७५ प्रतिशत गरिनु पर्ने माग गरेको छ ।

त्यस्तै चालु पुँजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुँदाहरुलाई समेत तत्कालै संशोधन गर्न तथा भारतीय मालवाहक ट्रकलाई ७२ घण्टासम्म निर्वाध रुपमा नेपालमा प्रवेश गर्न दिनाले नेपालको अटोमोवाइल व्यवसायमा नकारात्मक असर परेकोले त्यसलाई व्यवस्थित गर्न आग्रह गरेको छ ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालको अटोमोवाइल उद्योग समस्या र समाधानहरु बारे प्रिजेण्टेशन मार्फत विस्तृत रुपमा जानकारी गराएका थिए । छलफलमा प्रधानमन्त्री दाहालले विद्युतिय सवारी साधन, चार्जिङ स्टेसन र नेपालमा अटोमोवाइल सम्बन्धी उद्योगहरुको सम्भावनाहरुका सम्बन्धमा विशेष चासो राख्दै प्रस्तुत समस्याहरुको समाधानका लागि आवश्यक पहल गर्ने बताएका छन् । छलफलमा नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।