image
image
आईपीओ जारी गर्दै माउन्टेन ग्लोरी लिमिटेड, बिक्री प्रबन्धकमा एल एस क्यापिटल

आईपीओ जारी गर्दै माउन्टेन ग्लोरी लिमिटेड, बिक्री प्रबन्धकमा एल एस क्यापिटल


काठमाडौं । माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरी आएको माउन्टेन ग्लोरी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । सर्वसाधारणहरुको लागि १०० दरले ४०,००,००० कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एल एस क्यािपटल लिमिटेडलाई नियुत्तत गरेको छ ।

साधारण शेयर निष्काशनको लागि भएको सम्झौतामा कम्पनीको तर्फवाट अध्यक्ष शुनिल भक्त श्रेष्ठ तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठकाबीच द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

जारी पूँजी१ अर्व ५० करोड रहेको माउन्टेन ग्लोरी लिमिटेडले पोखराको दोभिल्ला स्थीत करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको ६४ कोठा सहित बिषेश सुविधा सम्पन्न रिजोर्टको रुपमा माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरी सुविधा उपलब्ध गराउदै आएको छ ।

निकट भविष्यमा शेयर निष्काशन पश्चात कोठाहरु थप गरी विदेशी होटल संग अनुबन्धन गरे पश्चात पाँच तारे होटलकोे रुपमा सेवा उपलब्ध गराउने योजना समेत कम्पनीको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।