image
image
उद्योगमा रोजगारी सिर्जना गर्न त्रिपक्षीय सम्झौता गरियो : उद्योगमन्त्री  रिजाल

उद्योगमा रोजगारी सिर्जना गर्न त्रिपक्षीय सम्झौता गरियो : उद्योगमन्त्री  रिजाल


काठमाडौं । कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम (एप्रेन्टिसिप) सञ्चालनका लागि त्रिपक्षीय सम्झौता गरिएको छ । विभिन्न छ वटा उद्योगहरुले कूल एक हजार ६ सय ६३ जना प्रशिक्षार्थी कामदार छनौटगरी प्रशिक्षण प्रदान गरी रोजगारी दिलाउने उद्देश्य अनुरुप उक्त सम्झौता गरिएको हो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल साथै नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसंघलगायत छ वटा संघसंस्थाबिच सम्झौता भएको हो । 

सम्झौतामा केन्द्रका तर्फबाट कार्यकारी अधिकृत दिपक घिमिरे, नेपाल उद्योग परिसंघका तर्फबाट महानिर्देशक दिपकराज जोशी र उद्योगहरुका तर्फबाट सम्बन्धित उद्योगी÷प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।

प्रशिक्षार्थी कामदारहरुको अधिकतम महिनाको पारिश्रमिक नेपाल सरकारका तर्फबाट केन्द्रले व्यहोर्ने र उद्योगले तत्पश्चात कम्तिमा १८ महिना रोजगारीको सुनिश्चितता गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । 

हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री रिजालले कार्यक्रमको सञ्चालनबाट उद्योगको उत्पादकत्व वृद्धि योगदान गर्ने र स्वदेशमै रोजगारीका थप अवसरहरु सिर्जना हुने अपेक्षा गरिएको बताए । 

कार्यक्रममा साझेदारी गर्ने सम्बद्ध पक्षलाई धन्यवाद दिँदै उनले कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न क्रियाशील रहन अनुरोध समेत गरे ।  उनले भने, ‘ विकासका विभिन्न पक्षहरुमध्ये उद्योग एउटा महत्वपूर्ण क्षेत्र हो । मुलुकभित्र उद्योगहरु स्थापना गर्नका लागि नेपाल सरकारले नीजि क्षेत्रलाई प्रोत्साहन गर्न लगानीको वातावरण बनाउन लागिपरेको छ । साना उद्योगका लागि जनशक्ति व्यवस्थापन महत्वको पक्ष हो यसलाई कार्यान्वयन गर्न सहयोग गरिदिनुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।