image
image
मकाउ पठाईदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

मकाउ पठाईदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ


काठमाडौं । मकाउ पठाइदिने भनी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले  काठमाडौंको महाराजगंजका ५३ वर्षीय पृथ्वीराज सिग्देललाई पक्राउ गरेको हो ।  

सिग्देलले वैदेशिक रोजगारीको लागि मकाउको प्रतिष्ठित कम्पनीमा पठाइदिने भन्दै नौ लाख रुपैयाँ माग्ने गरेको  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय जनाएको छ । 

सिग्देलले राम्रो तलब हुने विश्वास दिलाई प्रलोभनमा पारी पीडितहरुबाट पटक पटक गरी जम्मा दुई लाख ७० हजार रुपैयाँ लिई सम्पर्कविहीन भई ठगी गरेको कार्यालयले जनाएको छ । उनको थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।