image
image
एनआइबीएल स्टेबल फन्डमा आवेदन दिने आज अन्तिम दिन

एनआइबीएल स्टेबल फन्डमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआइबीएल स्टेबल फन्डमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। सेयरधनीहरुले यसमा आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्। एनआइएमबी एस क्यापिटलले माघ २ गतेदेखि आवेदन खुला गरेको हो। उक्त फन्डको १० करोड इकाई बिक्री खुला गरेको हो।

जसमध्ये एनआइएमबी एस क्यापिटललाई १० लाख इकाई योजना व्यवस्थापक छुट्याइएको छ। यस्तै, कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई १ करोड ४० लाख इकाई सुरक्षित गरेको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

यो बन्दमुखी योजना हो। प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ। न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ। लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।