image
image
हिमालयन लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, कस्ता छन् एजेण्डा ?

हिमालयन लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, कस्ता छन् एजेण्डा ?

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको बिहीबार माघ १८ गते साधारण सभा बस्दैछ। सभा, सिल्भर ओक बेंक्वेट, गैरीधारा काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।

कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट लगानीकर्ताहरुका लागि लाभांश वितरण नगर्ने भएको छ। सभामा आर्थिक वर्ष २०७८–७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ।

हिमालयन लाइफ इन्स्योरेन्समा साविकका प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भएका हुन्। हिमालयनले आर्थिक वर्ष २०७८–७९ को सञ्चित नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

लाभांशबिनै सभामार्फत सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट पनि ३ जना सञ्चालकहरुको निर्वाचन हुनेछ।साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ३ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, माघ २ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।