image
image
उकालो लाग्यो सेयर बजार, साढे पाँच अर्बको भयो कारोबार

उकालो लाग्यो सेयर बजार, साढे पाँच अर्बको भयो कारोबार


काठमाडौं । नेप्से परिसूचकमा मंगलबार तेस्रो दिन पनि सुधार छ । परिसूचक १४.८८ अंकले बढेर (०.७० प्रतिशत) सेयर बजार २११९.६१ विन्दुमा बन्द भएको छ । आज पाँच अर्ब ५४ करोड ४२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । 

३०८ कम्पनीको कारोबार भएकोमा १५२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ कम्पनीको घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ले जनाएको छ । चन्द्रगिरि हिल्स लिमिटेड, रावा इनर्जी पावर लिमिटेड, समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । 

यस्तै, कारोबारतर्फ हिमालयन रिइन्स्योरेन्सको अगाडि रह्यो । उक्त कम्पनीको ७५ करोड २७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । ज्ञादी ग्रुप अफ पावरको २२ करोड २० लाख, नेपाल रिइन्स्योरेन्स कम्पनीको २० करोड ७८ लाख र अरुण भ्याली हाइड्रोपावरको १४ करोड ९७ लाखको सेयर कारोबार भएको छ । 

मंगलबार १३ मध्ये तीन समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक वृद्धि भएको छ । फाइनान्स समूहको परिसूचक स्थिर छ । निर्जीवन बिमा, वाणिज्य बैंक र लघुवित्त समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा लघुवित्त समूह छ । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।