image
image
नेपाली बजारमा सारडा ग्रुपले ल्यायो ओमडाको ई–५ मोडलको गाडी

नेपाली बजारमा सारडा ग्रुपले ल्यायो ओमडाको ई–५ मोडलको गाडी

काठमाडौं। नेपाली बजारमा नयाँ विद्युतीय ब्रान्ड सार्वजनिक भएको छ। सारडा ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्सले ओमडाको ई–५ मोडल सार्वजनिक गरेको हो।नयाँ शोरूम उत्तरढोकामा छ। सीतापाइलामा प्रविधिक सेन्टर रहेको कम्पनीले जनाएको छ। 

एसपीजी अटोमोबाइल्सका प्रवन्ध निर्देशक गौरव सारडाले केही महिनाभित्रै देशभर १२–१५ शोरूम विस्तार गर्ने बताएका छन्। गाडीको सुरूवाती मूल्य ५९ लाख ४९ हजार तोकिएको छ।

ओमाडा ई–५ मा ९९ किलोवाट मोटर पावर हुने भएको छ। यसले ३४० एनएम टर्क उत्पादन गर्न सक्छ। साथै ग्राउन्ड क्लियरेन्स १८० एमएम हुनेछ। गाडीमा ६१ किलोवाट आवर ब्याट्री प्याक उपलब्ध छ। एक पटकको फुल चार्जमा ४३० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ।

ओमोडा ई–५ को इन्टेरियरमा २४.६ इन्चको डुअल स्क्रिन, २५६ रङको एम्बियन्ट लाइट, सोनिको प्रिमियम ८ वटा स्पिकरसहितको क्रोम डोर ह्याण्डल, इलेक्ट्रिक सनरुफ, ५० किलोवाटको वायरलेस चार्जर छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।