image
image
युनाइटेड इदी मर्दीको गर्यो लाभांश वितरणको घोषणा

युनाइटेड इदी मर्दीको गर्यो लाभांश वितरणको घोषणा

काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आर.बि हाइड्रोपावर लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ५.७८९ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । उक्त नाफाको ५.५० प्रतिशत बोनस सेयर र ०.२८९ नगद लाभांश (कर तिर्न) गरी कुल ५.७८९ प्रतिशत लाभांश दिने कम्पनीले जनाएको हो । 

 कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ ।  यता, कम्पनीले लाभांश पारित गर्न फागुन १७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ । 

 सभा प्रयोजनको लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गर्नेछ । यसर्थ, फागुन ३ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् । यसअघि आर्थिक वर्ष २०७८–७९ को नाफाबाट कम्पनीले १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।