image
image
सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंकको २ लाख ४० हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक शेयरधनीहरुको नाममा रहेको २ लाख ४० हजार ६२५ कित्ता शेयर बिक्रीमा राखिएको छ। जसमा संस्थापक शेयरधनी निखिल गोयलको १ लाख ९७ हजार ४३९ कित्ता र पवित्रलाल चुकेको ४३ हजार १८६ कित्ता रहेको छ।

बिक्रीमा राखिएको शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि बैंकले ३५ दिनको अवधि दिएको छ। तोकिएको मितिभित्र इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनीको सचिवको कार्यालयमा आफूले खरिद गर्न चाहेको शेयर संख्या खुलाई आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।