image
image
नेसनल लाइफ इन्स्याेरेन्सले कमायाे नाफा, यस्ताे छ अवस्था

नेसनल लाइफ इन्स्याेरेन्सले कमायाे नाफा, यस्ताे छ अवस्था

काठमाडौं । नेसनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो  त्रैमाससम्मको वित्तीय विवरण सार्वजनीक गरेको  छ । कम्पनीले उक्त छ महिनामा २५ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १६.९१ प्रतिशतले वृद्धि भएको हो । 

कम्पनीले अघिल्लो वर्ष २१ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो । लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा नाफामा सुधार आएको हो । 

कम्पनीले लगानी तथा कर्जाबाट २ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको भन्दा १४.२२ प्रतिशतले धेरै हो । गत वर्ष यसले २ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

यसको कुल दावी भुक्तानी ३ अर्ब ७२ करोड ४८ लाख रुपैयाँ रहेको छ । गत वर्ष ३ अर्ब ७६ करोड थियो । हाल यस इन्स्याेरेन्सको चुक्ता पुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार रुपैयाँ रहेको छ । यसको रिटेन अर्निङमा ६० करोड १८ लाख छ ।

यसको जीवन बिमा कोषमा ७१ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । पुससम्म यसले ८ अर्ब ३९ करोड रुपैयाँ बराबरको खुद बिमा शुल्क कमाएको हो। यो गत वर्षको भन्दा ११.४५ प्रतिशतले धेरै हो । गत वर्ष यसले ७ अर्ब ५३ करोड रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो । 

कम्पनीको प्रतिशेयर आम्दानी १०.१८ रुपैयाँ र प्रति शेयर नेटवर्थ १३२.२१ रुपैयाँ रहेको छ । कम्पनीको पिई रेसियो ५९.२२ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य १६१०.१५ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।