image
image
९.४४ अंकले बढ्यो शेयर बजार, कारोबार कति ?

९.४४ अंकले बढ्यो शेयर बजार, कारोबार कति ?

काठमाडौं । सोमबार उकालो लागेको शेयर बजार आज पनि बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ९ दशमलव ४४ अंकले बढेर २,०८५ को विन्दुमा कायम भएको छ । आज अन्य र ट्रेडिङ बाहेक सबै उपसूचक बढेका छन् । आज १८१ कम्पनीको मुल्य बढेको छ भने ५७ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा ३१५ वटा कम्पनीको ७६ करोड २४ लाख ३७६ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५९ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएकोृ छ । आज यस कम्पनीको ३३ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको १६ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नेपाल पुनर्बीमाको ८ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ७ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।आज सबैभन्दा धेरै समाज लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ४२ प्रतिशतका दरले कमाएका हुन् । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ७ दशमलव ४० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । नेपाल टेलिकमका लगानीकर्ताले ५ दशलमव १० प्रतिशतका दरले गुमाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।