image
image
राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सीईओका लागि दरखास्त आह्वान

राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सीईओका लागि दरखास्त आह्वान


काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दर्खास्त आह्वान गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै आवेदन आह्वान गरेको हो।

दर्खास्त दिनका लागि बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्क शास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा पाँच वर्ष वा आर्थिक, बैंक वित्तीय क्षेत्रमा भए आठ वर्ष एवम् दुवै क्षेत्रमा भए मामा एक वर्षको अनुभवसहित कम्तीमा सात वर्षको अनुभव भएको हुनुपर्नेछ।

यसका साथै चार्टर्ड एकाउन्टेन्स वा सोही विषयहरूमा स्नातक उपाधि हासिल गरी व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा १० वर्ष, बैंक–वित्तीय क्षेत्रमा भए १५ वर्ष तथा दुवै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभवसहित कम्तीमा १२ वर्षको अनुभव भएका हुनुपर्नेछ।

दर्खास्त दिँदा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरण र २ प्रति पासपोर्ट साइजको फोटो तथा पाँच हजार शब्द नबढ्ने गरी व्यावसायिक कार्य योजनाको चार प्रति खामबन्दी गरी कम्पनी सचिवसमक्ष पेश गर्नु पर्ने सूचनामा उल्लेख छ। योग्यता पुगेका इच्छुक व्यक्तिलाई २१ दिनभित्र सिलबन्दी आवेदन दिन सूचनामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।