प्रि–ओपन सेसन, बढ्यो नेप्से परिसूचक
काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक बढेको छ । आज प्रि–ओपन सेसनमा ९.३८ अंकले बढेर २०९५.१० विन्दुमा पुगेको छ । यस सेसनमा ५६ कम्पनीका ३ हजार ६३७ कित्ता सेयर किनबेच हुँदा २३ लाख ५२ हजार ८२२ रुपैयाँ कारोबार भएको छ ।
यस सेसनमा ३५ कम्पनीको सेयर बढ्दा १७ कम्पनीको घटेको छ भने ४ कम्पनीको स्थिर छ ।









