image
image
प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आइपिओहरू निष्कासनको अनुमति दिनुपर्छ : अध्यक्ष ढकाल

प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आइपिओहरू निष्कासनको अनुमति दिनुपर्छ : अध्यक्ष ढकाल


काठमाडौं ।  प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आइपिओहरू निष्कासन गर्न अनुमति दिन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आग्रह गरेका छन्।

बुधवार इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।उनले करिब २५ देखि ३० वटासम्म कम्पनीहरू नियमित आइपिओमा लैजानका लागि लाइनमा रहेको भएपनि केही महिना यता रोकिएको बताए।

उनले प्रिमियममा दिनुपर्ने र गम्भीर प्रकृतिका बाहेक प्रक्रिया पूरा गरिसकेका कम्पनीका आइपिओ निष्कासन गर्न दिनुपर्ने बताए।धितोपत्र बोर्डको अध्यक्ष नभएकै कारण प्रक्रिया पूरा भइसकेका कम्पनीको आइपिओ निष्कासन रोक्नु नहुने उनको भनाइ छ।

अध्यक्ष ढकालले बैंकबाट लिएको ऋण तिर्नै पर्दैन भन्ने हिसाबले सन्देश गइरहेको कुराले आम सर्वसाधारणलाई अन्योल सिर्जना गरेको बताए। उनले निजी क्षेत्रको आत्मविश्वास कमजोर बनिरहेको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।