image
image
आईपीओ निष्काशन गर्दै झ्यामोलोङ्गमा हाइड्रोपावार, एलएस क्यापिटल बिक्री प्रबन्धकमा

आईपीओ निष्काशन गर्दै झ्यामोलोङ्गमा हाइड्रोपावार, एलएस क्यापिटल बिक्री प्रबन्धकमा

काठमाडौं । झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणलाई सेयर निष्काशन गर्नको लागि लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो । सम्झौतामा कम्पनीको तर्फवाट कार्यकारी संचालक सुनिल नारायण श्रेष्ठ तथा एल एस क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समेतका लागि र.१०० अकिंत दरको साधारण सेयर ५१,००,००० कित्ता निष्काशन गर्न लागेको हो ।

कम्पनीको जारी पूँजी रु.२ अर्ब ५५ करोड रहेको छ । कम्पनीले कास्की जिल्लामा ३२ मे।वा। क्षमता रहेकोकरुवा सेती हाइड्रोपावर आयोजना निर्माण गरी रहेको छ। आयोजना निर्माण कार्य करीब ९० प्रतिशत सम्पन्न गरिसकेको छ । उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भए पश्चात यसै आर्थिक वर्ष भित्र विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण योजना समेत कम्पनीको रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।