image
image
सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा

सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा

काठमाडौं । सानिमा जीआइसी इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा कमाएको छ। कम्पनीले १० करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको हो। यो नाफा गत वर्षको यसै अवधिको तुलनामा २०.९४ प्रतिशतले बढी हो।

अघिल्लो वर्ष यसले ८ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यस वर्ष कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २७.८४ प्रतिशतले बढेको बम्पनीले जनाएको हो। यसको लगानी तथा कर्जाबाट हुने आम्दानी १० करोड ३१ लाखबाट बढेर १३ करोड १८ लाख रुपैयाँ पुगेको छ।

यता, कम्पनीको कुल दावी भुक्तानी भने ११.६३ प्रतिशतले घटेर ३१ करोड ९८ लाख रुपैयाँमा झरेको छ। गत वर्ष यो ३६ करोड १९ लाख रुपैयाँ थियो। हाल यस इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ। यसको रिटेन्ड अर्निङमा १३ करोड ७५ लाख रुपैयाँ रहेको छ।सानिमा जीआइसीको बिमा कोषमा ४ अर्ब १५ करोड रुपैयाँ रहेको छ।

पुससम्म यसले २९ करोड ३४ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ। यो गत वर्षको भन्दा ३२.४२ प्रतिशतले धेरै हो। यसको प्रतिसेयर आम्दानी पनि ८ रुपैयाँ ७३ पैसाबाट बढेर १० रुपैयाँ ५६ पैसा (वार्षिक) कायम भएको छ। प्रतिसेयर नेटवर्थ भने १३७ रुपैयाँ ९८ पैसा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।