image
image
सानिमा रिलायन्स लाईफले कमायो २१ करोड ९७ लाख नाफा

सानिमा रिलायन्स लाईफले कमायो २१ करोड ९७ लाख नाफा


काठमाडौं । सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा ९६.४७ प्रतिशतले बढेको छ ।

चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले २१ करोड ९७ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा कम्पनीले ११ करोड १८ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

दोस्रो त्रैमाससम्म कम्पनीको जीवन बीमा कोषमा १२ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ जम्मा भएको छ । गत आवको सोहि अवधिमा कम्पनीको उक्त कोषमा १० अर्ब ९१ करोड ७६ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले कुल बीमाशुल्क संकलन दोब्बरले बढाएको छ । चालु आवको दोस्रो त्रैमासम्ममा कम्पनीले २ अर्ब ७८करोड ६९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोहि अवधिमा कम्पनीले १ अर्ब १८ करोड ५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

हाल ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ चुँक्ता पुजी रहेको कम्पनीको प्रति शेयर आम्दानी १०.५० रुपैयाँ, नेट वर्थ १२५.४४ रुपैयाँ र पीई रेसियो ४४.४७ गुणा रहेको छ । चालु आवको दोस्रो त्रैमाससम्म आईपुग्दा कम्पनीले दिर्घकालिन रुपमा १० अर्ब ८८ करोड रुपैयाँ लगानी गरेको छ । त्यसैगरी अल्पकालिन रुपमा ४ अर्ब ७७ करोड रुपैयाँ लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।