नागरिक एप्पमा देखियो प्राविधिक समस्या
काठमाडौँ, माघ १३ । सरकारले ‘लाइन हैन, अनलाइन’ भन्दै माघको पहिलो हप्ता नागरिक एप सार्वजनिक गर्यो । यो एपमा अहिले दिनदिनै नयाँ प्रयोगकर्ता थपिने क्रम जारी नै छ । विभिन्न सरकारी सेवा उपलब्द रहेको उक्त एप्पपाले भने जस्तो सेवा भने दिन सकेको छैन ।
विभिन्न सरकारी अनलाइन सेवालाई एउटै एपमा समेटिएकाले धेरैले यसलाई रुचाएका पनि छन् । कतिले प्रयोग गरेर हेर्नकै पनि एप डाउनलोड गरेका छन्।तर, यो एपको प्रयोगसँगै यसबारे गुनासा बढ्न थालेका छन् । एपमा सुरुमैदेखिनै प्रधानमन्त्रीको फोटोलाई धेरै प्रयोगकर्ताले रुचाएका छैनन् । धेरैले प्रधानमन्त्रीको साटो कुनै राष्ट्रिय विभूति, चिह्न वा सम्पदाको फोटो राख्न सामाजिक सञ्जालमा सुझाव दिएका छन् । अहिले करिब १ लाख नगरिकले यो एप प्रयोग गरिहेका छन् । प्रयोगकर्ता बढेकै दरमा गुनासो बढ्दो छ ।
एपमा फोटो अपलोड नहुने, कतिपयको शैक्षिक विवरण पनि फेला पर्न सकेको छैन,कतिपयले एप नचल्ने जस्ता थुप्रै समस्या भोगिरहेका छन् । चलाइरहँदा आफैं बन्द हुने र पटक-पटक प्रयास गर्दा पनि नखुल्ने समस्या पनि छ । पुरानो भर्सनको एप प्रयोगका कारण यस्तो समस्या आएको प्राविधिकहरुको भनाइ छ ।