प्रि–ओपन सेसनमा नेप्से सूचक बढ्यो
काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.३९ अंकले बढेको छ । यससँगै सूचक २१०१.५५ विन्दुमा आएको छ । ७८ कम्पनीको १५ हजार २ सय ४८ कित्ता सेयर कारोबार हुँदा ५४ लाख २१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १ सय ५९ वटा कारोबार भएको हो । ३२ कम्पनीको भाउ बढ्दा ३० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।









